अन्तर्राष्ट्रिय `टी एक्सपाे´मा सहभागी हुन कृषिमन्त्री खनाल चीन प्रस्थान, भ्रमपूर्ण समाचारकाे मन्त्रालयद्वारा खण्डन
२ चैत्र, काठमाडाैँ । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालको नेतृत्वमा एक टोली अन्तर्राष्ट्रिय टी एक्सपाेमा सहभागी हुन शनिबार चीन प्रस्थान गरेको छ । चीनको सिचुवान प्रान्तको इपिन सहरमा हुने तेस्रो इपिन अन्तरार्राष्टि्रिय टी एक्सपाेमा सहभागी हुन नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको हो । एक्सपाे यही मार्च १८ देखि २० तारिखसम्म हुनेछ ।
उक्त अन्तर्राष्ट्रिय टी एक्सपाेमा ४० देशका प्रतिनिधिले सहभागिता जनाउने प्रतिनिधिमण्डलका सदस्य साइनो नेपाल कल्चर एण्ड टुरिजम प्रमोसन सोसाइटीका अध्यक्ष ध्रुव पाैडेलले जानकारी दिए । पाैडेलले यो चिया एक्सपाेमा नेपाल थिम कन्ट्रीका रूपमा सहभागी हुन लागेको बताए । उनले यो ‘नेपाल टी’ को अन्तर्राष्ट्रियकरण गर्ने उपयुक्त अवसर समेत भएको बताए ।
अन्तर्राष्ट्रिय चीया एक्सपाेमा नेपालका तर्फबाट ९ जनाले व्यवसायीक सहभागी जनाउँदै छन । भ्रमणको सबै खर्च आयोजक राष्ट्र चीनले बेहोर्ने छ। एक्सपाेमा चिया खेती तथा चियाको व्यावसायिक विकाससम्बन्धी अवलोकन तथा अन्य कार्यक्रममा प्रतिनिधिमण्डलले सहभागिता जनाउने छ ।

चीनको सिचुवान प्रान्तमा रहेको इपिन सहरमा सन् २०१७ को डिसेम्बरमा पहिलो पटक नेपालको उच्चस्तरीय भ्रमण भएको थियो । त्यस बेला चीनका लागि नेपाली राजदूत लिलामणि पाैडेलले इपिन सहरको भ्रमण गरेका थिए । त्यस लगत्तै राजदूत पाैडेलले उपराष्ट्रपति नन्दबहादुर पुनको भ्रमणको व्यवस्था मिलाएका थिए । उपराष्ट्रपतिको भ्रमणकै प्रभाव स्वरूपमा गण्डकी प्रदेशको एकमात्र महानगर पोखरा महानगरपालिका र इपिन नगरपालिकाका बीचमा भगिनीसम्बध स्थापना समेत भएको थियो ।
गत कात्तिकमा काठमाडाैँमा साइनो नेपाल कल्चर एण्ड टुरिजम प्रमोसन सोसाइटीको समन्यवमा इपिनको चिया प्रवर्दन कार्यक्रम समेत भएको थियो । सोसाइटी नेपाल र चीनको सम्बन्ध जनस्तरमा विस्तार गर्नेदेखि व्यवसायिक अनुभवन साटासाटामा महत्वपूर्ण समन्वयको काम थर्दै अाएको छ ।
यसैबीच काठमाडौबाट प्रकाशित एक पत्रिकाले अनावश्यक रूपमा मन्त्री खनालको नाम जोडेर बदनाम गराउन खोजेको भन्दै आपत्ति जनाएको छ । मन्त्रालयबाट मन्त्री खनालसहित सहसचिब हरिबहदुर के सी र मन्त्रीका प्रेस संयोजक बोमलाल गिरी मात्र चीन गएका हुन् ।
संयोजक गिरीले भने, ‘हरेक दिन सयौं मान्छे चीन जान्छन्, उनीहरुसँग मन्त्रालयको के सम्बन्ध ?’ आयोजकले चीन जाने अन्य व्याक्तिलाई पनि निमन्त्रणा गरेपनि मन्त्रालयसँग कुनै सम्बन्ध नरहेको गिरीको भनाइ छ ।
सिचुवानको इपिन चिया कफीको हब भएकाले हरेक बर्ष यस्ता एक्स्पो गर्दै आएको छ । उक्त एक्स्पोमा पानामाका पूर्बप्रधानमन्त्रीको पनि सहभागिता हुने आयोजकले जनाएको छ ।
प्रकाशित मिति : 13:30









