३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका नासु सरोज रोका २२ हजार घुससहित पक्राउ

१ चैत्र, काठमाडौं  । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा कार्यरत ल्याव टेक्निसियन (नायव सुब्बा) सरोज रोका २२ हजार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले रोकालाई रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको अख्तियार प्रवक्ता  प्रदिपकुमार कोइरालाले जानकारी दिए । घुस लिइसकेको अवस्थामा उनलाई आयोगको टोलीले कार्यालय परिसरबाट नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : 17:07