७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026

भीम रावलको नाममा नक्कली पेज बनाएर नेकपा फुटाउने चेतावनी

१ चैत्र, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलको नाममा फेसबुकमा नक्कली पेज बनाएर एक जनाले पार्टी फुटाउने चेतावनी दिएका छन । रावलले सीके राउतकाे प्रकरणमा उठाएका अावाजको फाइदा उठाउँदै कोही एक व्यक्तिले रावलले प्रयोग गर्ने जस्तो पेज बनाएर नेकपा फुटाउने चेतावनी लेखका छन ।

पेजमा लेखिएको छ ‘मलाइ देशभन्दा ठूलो पार्टी लाग्दैन त्यसैले नेकपा फुट्न पनि सक्छ ।’  फेसबुक प्रयोग नै नगर्ने रावलका नाममा यस्तो गतिबिधि भएपछि विगतमा रावलसँगै काम गरेका पत्रकार एकिन्द्र कुँवरले नक्कली एकाउन्ट बनाएर रावलको चरित्र हत्या गर्ने प्रयास गरेको विषयमा साइबरक्राइमा मुद्दा अघि बढाएको बताएका छन ।

उनले नेकपाका नेता रावलले कुनै पनि फेसबुक नचलाएको भन्दै ट्ववीटरमात्रै प्रयोग गर्ने गरेको जानकारी दिएका छन । स्टाटस हेर्दा नेकपामा विभाजन ल्याउन चाहने समूहले चलाएको जस्तो देखिन्छ । यद्यपी अनुसन्धानका क्रममा रहेका कारण के हो भन्ने पछि खुल्नेछ । तर रावलको नामको उक्त नक्कली पेजबाट पनि सयाैँले उक्त स्टाटस सेयर गरेका छन ।

 

प्रकाशित मिति : 08:22