इलामको माइपोखरीमा आगलागीहुँदा ३ घर जले
३० फागुन, इलाम । इलामको सन्दकपुर गाउँपालिका–२ माइपोखरीस्थित आगलागी हुँदा तीन घर जलेर नष्ट भएको छ । आगाे अन्य घरमा सल्किँदै गरेको स्थानीयले बताएका छन् । ती घरहरुमा आधा दर्जन बढी होटल तथा पसलहरु सञ्चालित छन् ।

नेपाली सेना, प्रहरी र स्थानीयले आगो निभाउने कोशिस गरेपछि आगो नियन्त्रण बाहिर रहेको स्थानीय युवराज पिसीले जानकारी दिए । आगो नियन्त्रणको लागि इलाम नगरपालिकाको दमकल माइपोखरी हिडिँसकेको छ । आगो चक्र मुखियाको भान्साघरबाट सुरु भएको जानकारी स्थानीयले दिएका छन् ।
प्रकाशित मिति : 14:50









