३० बैशाख २०८३, बुधबार | Thu May 14 2026

प्रहरी र प्रशासनले सुरक्षाको प्रत्याभूति नदिँदा विद्यालय बन्द

३० फागुन, काठमाडाैँ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आब्हान गरेको नेपाल बन्दका कारण देशैभरका विद्यालयको पठनपाठन प्रभावित भएको छ । केही विद्यालयका सञ्चालकले भने प्रहरी र प्रशासनले सुरक्षाको प्रत्याभूति नदिँदा विद्यालय बन्द गर्न बाध्य भएको बताएका छन ।

अारियण्टल एकेडेमी, जडिबुटी काठमाडाैँका प्रिन्सिपल अशाेक कुमार दहालले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोस्ट गर्दै नेपाल सरकारको सुरूक्षा निकाय गृह मन्त्रालय र सिडियो कार्यलयले शान्ति शुरक्षासम्बन्धि व्यवस्था विज्ञप्तीमार्फत केही पनि नआएको हुदाँ हामीहरू वाध्य भएर पठनपाठनलार्इ निरन्तरता दिन असमर्थ रहेको बताएका छन ।

उनले फेसबुकमा यस्तो लेखेका छन

आज फाल्गुण ३० विहिबार नेकप मावोबादी (विप्लब) को विज्ञप्तीमार्फत आब्हान गरेको नेपाल बन्द कार्यक्रमको कारण विद्यालका नियमित कक्षाहरू सञ्चालनमा नरहेको जानकारी गराउँदछौँ । नेपाल सरकारको सुरूक्षा निकाय गृह मन्त्रालय र सिडियो कार्यलयले शान्ति शुरक्षासम्बन्धि व्यवस्था विज्ञप्तीमार्फत केही पनि नआएको हुदाँ हामीहरू वाध्य भएर पठनपाठनलार्इ निरन्तरता दिन असमर्थ छौँ ।
धन्यबाद
अशाेक कुमार दहाल
प्रिन्सिपल
अारियण्टल एकेडेमी, जडिबुटी, काठमाडौँ ।
सहसचिव, काठमाडाैँ प्याब्सन ।

प्रकाशित मिति : 09:27