३० बैशाख २०८३, बुधबार | Thu May 14 2026

पोखराको सभागृह चोकमा भेटिएको बम डिस्पोज, नवलपरासीमा भेटिएको शंकास्पद बस्तुमात्रै

३० फागुन, काठमाडाैँ । पोखराको सभागृह चोकमा राखिएको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ । सभागृह चोकमा रहेको ट्राफिक बिटमा शंकास्पद बस्तु भेटिएपछि स्थानीयले प्रहरीलाइ खबर गरेका थिए ।

बम डिस्पोजका लागि सिर्जनाचोक र पृथ्वीचोकमा आवतजावतमा रोक लगाइएको थियो । उक्त बम विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले राखेको प्रहरीको अनुमान छ। नेकपाले बिहीबार नेपाल बन्दको आह्वान समेत गरेको छ।

यस्तै नवलपरासीको जयश्री खाेलामा राखिएकाे शंकास्पद वस्तु बम नभएकाे पुष्टि भएको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले बम भएको अाशंकामा डिस्पोज गर्ने क्रममा उक्त बस्तु बम नभएको पुष्टि गरेको हो ।

प्रकाशित मिति : 08:52