भोलि विप्लव माओवादीको नेपाल बन्द, यी सवारीलाई छ चल्ने सुविधा
२९ फागुन, काठमाडाैँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माअोवदीले विभिन्न माग राख्दै बिहीबार नेपाल बन्दको घोषणा गरेको छ । उसले सरकारले अाफ्ना नेता कार्यकर्ता माथि घरपकड गरेको भन्दै बन्दको घोषणा गरेको जनाएको छ।
नेकपाका युवा नेता रजमान तामङका अनुसार दमकल, एम्बुलेन्स, कुटनीतिक नियोग, प्रेस, पर्यटक, पानी र दुध बोकेका सवारी बाहेक अन्य सवारी सञ्चालनमा अबरोध हुनेछ । उनले अत्यावश्यक सवारीसाधान सञ्चालनमा बाहेक अन्यमा कडाइ गरिनेे बताए ।

यता प्रहरीले भने बन्द हुनै नदिने गरी तयारी गरेको छ । भोलिका लागि विशेष रूपमा सुरक्षाकर्मी परिचालन गर्ने र सडकमा बन्दकर्ता निस्कनै नदिने रणनीति प्रहरीले बनाएको छ ।
प्रकाशित मिति : 21:02









