३० बैशाख २०८३, बुधबार | Thu May 14 2026

सरकार र राउतबीचको सम्झौतामा नकरात्मक प्रतिक्रिया दिन आवश्यकता छैन: सांसद वली

२९ फागुन, काठमाडौं । राष्ट्रियसभाको बुधबारको बैठकमा बोल्दै नेकपाकी सांसद कोमल वलीले सरकार र सीके राउतबीच भएको सम्झौताबारे तत्काल नकारात्मक प्रतिक्रिया दिन आवश्यक नभएकाे बताएकी छिन् । सरकारले राउतलाई मूलधारमा ल्याएमा सरकारप्रति प्रश्न उठाउन नहुने बताएकी हुन् ।

सरकार अहिले विकास निर्माण र समृद्धिको यात्रामा अगाडी बढेको र साना तिना कुरामा सरकारले अल्झाउन नहुने बताएकी हुन् । सिके राउतसँगको सहमतिलाई लिएर प्रतिपक्षी कांग्रेसका सांसदहरूले राष्ट्रियसभामा उठाएका प्रश्नको जवाफमा विभिन्न आन्दोलनमा लागेका मानिसलाई मूलधारमा ल्याउनु सरकारको दायित्व हो, त्यसलाई अनर्थ सम्झिहाल्ने अवस्था नरहेको वलीले बताइन् ।

प्रकाशित मिति : 15:33