सिंहदरबार परिसरबाट कृष्ण पहाडीसहित १६ जना मानवअधिकारकर्मी पक्राउ
२९ फागुन, काठमाडौं । सिंहदरबार परिसरबाट प्रहरीले कृष्ण पहाडीसहित १६ जना मानवअधिकारकर्मीलाई पक्राउ गरेको छ । सिंहदरबार अगाडि आयोजना गरिएको विरोध प्रदर्शनबाट मानवअधिकारकर्मीलाई पक्राउ गरेको हो । २०७५ फागुन २४ गते नेपाल सरकार र सिके राउतबीच भएको ११ बुँदे सहमतिको विरोधमा बुधबार मानव अधिकार तथा शान्ति समाजले विरोध प्रदर्शन आयोजना गरेको थियो ।

विरोध प्रदर्शनबाट प्रहरीले पक्राउ गरेका १६ जनालाई गिरफ्तार गरी महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखेको छ । विरोध प्रदर्शनकारीहरुले ११ बुँदे सहमतिको विरोध गरौं, सार्वभौमसत्तामाथि खेलवाड बन्द गर लगायतका प्लेकार्ड बोकेका थिए ।
प्रकाशित मिति : 14:19









