३० बैशाख २०८३, बुधबार | Thu May 14 2026

सिंहदरबार भित्रै दुईतिहाइको दुरूपयोगः मन्त्रीको रहर पूरा गर्न ट्रान्सफरमर मुनी किचन

२९ फागुन, काठमाडाैँ । संघीय समाजवादी फोरमका नेता समेत रहेका सहरी विकासमन्त्री इत्सियाक राइले  सिंहदरबारभित्रै दुईतिहाइको दुरूपयोग गरेका छन । बाँकेबाट प्रतिनिधिसभामा निर्वाचित भएकाले उनले मन्त्री भएपछि बाँकेकै विर्यानीको स्वाद लिने नाममा ट्रान्सफरमरको मुनी किचन बनाएर क्यान्टिन चलाउन लगाएका छन ।

सिंहदरबारको सेन्ट्रल सर्भिस सन्टरबाट सञ्चार मन्त्रालयतर्फको थोरै खाली जग्गामा त्यहाँ रहेको ट्रान्सफरमरमै किचन बनाएर उनले क्यान्टिन चलाउन लगाएका हुन । बाँकेकै विर्यानी घरका सञ्चालकलाइ उनले विना प्रतिस्पर्धा त्यहाँ कान्टिन चलाउने सुविधा दिएका छन । भान्छाहरूमा प्रयोग हुने सिलिण्डरले बमको रूप लिइरहेको अवस्थामा थोरै कारणले किचनमा समस्या भयो भने त्यहाँ ठूलो क्षति हुने देखिएको छ ।

विद्युत प्राधिकरणका इन्जिनियरहरूका अनुसार कम्तिमा पनि २.२५ मिटरको दूरीको खाली क्षेत्र ट्रान्सफरका लागि अावश्यक हुन्छ । तर विर्यानी घरका लागि सिंहदरबारभित्रै ट्रान्सफरमरमुनी किचन बनाएर क्यान्टिन चलाइएको छ । सहरी विकास मन्त्रालयको नेतृत्वबाटै यस्तो गम्भीर कमजोरी भएपछि बाँकीबाट के अपेक्षा गर्ने ?

प्रकाशित मिति : 10:30