१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026
http://kk5.io/NADA2026

विप्लव समूहका गतिविधि अपराधीकरणतर्फ गएको भन्दै प्रतिबन्ध लगाउने सरकारको निर्णय

२८ फागुन, काठमाडाैँ । मन्त्रिपरिषद् बैठकले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका गतिविधिमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार अबेर बसेको मन्त्रिपरिषद्को बैठकले विप्लव समूहका गतिविधि अपराधीकरणतर्फ केन्द्रीत भएको ठहर गर्दै प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

 विप्लव समूहका क्रियाकलापहरूलाई देशभर प्रतिबन्ध लगाउने निर्णय भएको छ । पछिल्ला दिनमा विप्लव नेतृत्वको पार्टीले राजधानीसहित देशभरका विभिन्न ठाउँमा बम विस्फोट तथा आगजनी गरेपछि सरकारले यस्तो निर्णय लिएको हो ।

प्रकाशित मिति : March 12, 2019 at 9:07 pm