सशस्त्र प्रहरीमा खुल्यो भर्नाः नजिक पर्ने कुनै पनि जिल्लाका सशस्त्र प्रहरीको युनिटहरुबाट आवेदन फारम भर्न पाउने
२८ फागुन, बुटवल । फागुन २४ गते देखि एकमहिना सम्मका लागि सशस्त्र प्रहरी जवानको आवेदन आव्हान गरिएको छ । ईच्छुकहरुले आफुलाई नजिक पर्ने कुनै पनि जिल्लाका सशस्त्र प्रहरीको युनिटहरुबाट आवेदन फारम भरी प्रतियोगितामा सहभागी हुन पाउने भएकाे सशस्त्र प्रहरी बल भर्ना तथा छनोट शाखा प्रमुख डिएसपी दिग्विजय सुवेदीले जानकारी दिए । उनका अनुसार यो पछिल्लो भर्ना आवेदनमा कुल ३ हजार २ सय ९७ जना सशस्त्र प्रहरी जवान छनौट गरिने छ ।

जसमध्ये १ हजार ७ सय ७७ जना खुल्ला प्रतियोगिताबाट छनौट हुने छन् । समावेशी महिलातर्फ २ सय ९७ जना समावेशी आदिवासी जनजाती तर्फ ४ सय ७५ जना, दलिततर्फ २ सय २२ जना, पिछडिएको क्षेत्रतर्फ ७४ जना, अमर, अशक्त सशस्त्र कर्मचारीका सन्ततितर्फ ३६ जनाको कोटा छुट्टाइएको छ ।
डिएसपी सुवेदीले सशस्त्र प्रहरी संगठनले ठगीहरुदेखि सावधानी रहन सचेत गराएको बताए । भर्ना छनौटलाई पारदर्शी र सहज बनाउन सशस्त्र प्रहरी संगठन हदै सम्मको प्रयासमा जुटेको बताए । प्रदेश ५ को सशस्त्र प्रहरी बल ३६ नम्वर गुल्मी हेडक्वार्टर गुल्मीमा फागुन २४ गते आवेदन भर्नेहरुको आकर्षण बढ्दै गएको सशस्त्र प्रहरी नायव उपरीक्षक दिनेशबहादुर रायमाझीले बताए ।
सशस्त्र प्रहरी बल केन्द्रीय प्रवक्ता डीआईजी सुरज श्रेष्ठका अनुसार सबैको पहँुच सुनिश्चित गर्न पनि सो संगठनले नयाँ व्यवस्था ल्याएको हो । उनका अनुसार पछिल्लो यो भर्ना आवोदन हिमाली जिल्लमा ७, पहाडी जिल्लामा ३० र तराई २१ सहित ५८ जिल्लामा खोलिएको हो ।
प्रकाशित मिति : 19:13









