मोटरसाइकल दुर्घटनामा नुवाकोटका विनोद थापामगरको मृत्यु
२८ फागुन, काठमाडौँ । नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का घाइते भएका छन्। प्रहरीका अनुसार नुवाकोटको विदुर नगरपालिका-५ माझीटारमा सोमबार राति मोटरसाइकल दुर्घटना भएको हो।

देवीघाटबाट बा६३प ५६३ नम्बरको मोटरसाइकलमा घरतर्फ जाँदै गरेका बेला दुर्घटना हुँदा चालक विदुर नगरपालिका-९, लामाटारका १७ वर्षका विनोद थापामगरको मृत्यु भएको नुवाकोट जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरले जानकारी दिए।
दुर्घटनामा गम्भीर घाइते भएका विनोदको उपचारका क्रममा जिल्ला अस्पताल (त्रिशूली)मा मृत्यु भएको उनले बताए। यस्तै मोटरसाइकलको पछाडि बसेका १५ वर्षीय विशेष थापामगर घाइते भएका छन् । उनको उपचार जिल्ला अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : 10:50







