निर्मला हत्या प्रकरणः प्रमाण नष्ट गर्ने साझेदारी गर्न एसपी विष्ट र डिएसपी जिशी किन भागे ?
२८ फागुन, काठमाडाैँ । निर्मला हत्या प्रकरणमा सर्वसाधरण नागरिकले नै महशुष गर्न सक्नेगरी प्रमाण नष्ट गर्ने काममा साझेदारी गर्ने तत्कालीन एस पी दिल्लीराज विष्ट र सिआईवीका डिएसपी अंगुर जिसी भागेका छन । निर्मला हत्या प्रकरणमा प्रमाण नष्ट गरेको र यातना दिएको अभियोगमा जिल्ला अदालत कञ्चनपुरमा मुद्दा चलेपछि उनीहरू भागेका हुन ।
निर्मला पन्तको बलात्कारपछि भएको हत्याको घटना नै नियोजित जस्तो देखिने गरी प्रमाण नष्ट गर्ने र निर्दोष समातेर यातना दिने काम गरेका एसपी विष्ट र डिएसपी जोशी दुबै फरार भएपछि अदालतले उनीहरूको नाममा वारेन्ट जारी गरेको छ । अदालतमा मुद्दाको वयान सकिए लगत्तै सोमबारबाट बहस समेत सुरू भएको छ ।

कञ्चनपुरमा तत्कालीन प्रहरी प्रमुख एसपी डिल्ली विष्टसहित आठ जनाविरुद्ध सरकारी वकिलको कार्यालयबाट गत बुधबार कञ्चनपुर जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । डिएसपी ज्ञानबहादुर सेठीलगायत ६ प्रहरीको बिहिबारदेखि नै अदालतमा बयान लिन सुरु गरिएको थियो । सरकारको राम्रो काम समेत छायाँ पार्ने यस घटनामा नेपाल प्रहरीको धेरै ठूलो कमजोरी देखिएको छ ।
प्रकाशित मिति : 08:25









