सल्यानमा ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु
२८ फागुन, सल्यान । सल्यानमा ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । सोमबार राति श्रीनगरबाट लुहामका लागि छुटेको रा १ त ११५१ नम्बरको ट्याक्टर राति ८ बजे शारदा नगरपालिका १ शान्तिनगरमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा शारदा नगरपलिका १२ चिसापानीका २४ वर्षीय चालक कृष्णबहादुर डाँगी र शारदा नगरपालिका १ चैवाङ्गजिउलाका १४ वर्षीय अम्बर बुढाथोकीको मृत्यु भएको छ । ट्याक्टर सडकबाट झण्डै ५० मिटर तल खेतमा खसेको थियो ।
प्रकाशित मिति : 08:02









