३० बैशाख २०८३, बुधबार | Thu May 14 2026

युवालाई स्वदेशमै श्रम गर्ने वातावरण सिर्जना गर्ने लागीपरेकाछौं: मन्त्री विष्ट 

२७ फागुन, बुटवल । रूपन्देहीको तिलोत्तमामा आयोजित सामाजिक सुरक्षा योजना सम्बन्धी अन्तरक्रियामा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले नेपाली युवालाई स्वदेशमा नै श्रम गर्ने वातावरण बनाउने अभियानमा आफू जुटेको बताएका छन् ।

उनले राज्यले देशमै उद्यमशिलता विकास गरी रोजगारी खोज्दै विदेश जाने युवाहरूलाई स्वदेशमै उद्यमी बनाउने गरी काम अगाडि बढाएको बताए । मन्त्री विष्टले श्रमिकलाई मात्र नभई उद्योगको उत्पादकत्व बढाउन, श्रमिकको स्थायित्व गर्न र उत्पादन लागत घटाउन योजनाले सहयोग पुर्‍याउने दाबी गरे ।

उनीहरूले राज्यले रुग्न बनेको उद्योगको जिम्मामा कोष जम्मा गर्ने काम छाडेर श्रमिकहरूको जिम्मेवारीबाट राज्य उम्कन खोजेको आरोपसमेत लगाएका थिए । उद्योगीहरुले राज्यले स्पष्ट उद्योग नीति नबनाउँदै सामाजिक सुरक्षा योजना लागू गर्न खोज्नु गलत भएको बताए ।

प्रकाशित मिति : 18:04