१३ असार २०८३, शनिबार | Sat Jun 27 2026

माछापुच्छ्रे बैंकको चितवन र नवलपुरमा २ नयाँ शाखा विस्तार

२७ फागुन, काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले २ नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। सोमबार बैंकले नवलपुरको कावासोती नगरपालिकास्थित कावासोती शाखा कार्यालय र चितवनको रत्ननगर नगरपालिका स्थित टाँडी शाखा कार्यालयको औपचारिक सुरुवात गरेको हाे।

टाँडी शाखा कार्यालयको उद्घाटन रत्ननगर नगरपालिकाका मेयर नारायण बनले गरे भने नवलपुरको कावासोती शाखा कार्यालयको उद्घाटन कावासोती नगरपालिकाका उपमेयर प्रेम शंकर मर्दनियाले गरे ।

बैंकले नयाँ शाखामार्फत आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पूर्ण बैंकिङ सुबिधा उपलब्ध गराएको छ । बैंकले उक्त शाखाहरुमा २४ सै घण्टा चल्ने एटीएमको पनि व्यवस्था गरिएको जनाएको छ।

बैंकले सातै प्रदेशमा आफ्ना ९६ वटा शाखाहरु र ६३ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १५९ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ सुबिधा प्रदान गरिरहेको छ। साथै, बै‌कको देशभर १ सय १९ वटा एटीएमहरु संचालनमा रहेको छ।

प्रकाशित मिति : March 11, 2019 at 5:54 pm