३० बैशाख २०८३, बुधबार | Thu May 14 2026

रुपन्देहीमा सुरक्षा गोष्ठी चलिरहँदा देवदहमा काँग्रेस कार्यकर्ता अनिस पुरीको हत्या

२७ फागुन, बुटवल । रुपन्देहीमा  सुरक्षा गोष्ठी चलिरहँदा केहि  किलोमटिर मात्रैको दूरीमा रहेको देवदह नगरपालिकामा आइतबार साँझ काँग्रेसको भातृ संगठन नेपाल तरुण दलका नगर सदस्य अनिस पुरीको हत्या भएको छ ।

आइतबारदेखि ५ नम्बर प्रदेशस्तरीय जिल्ला सदरमुकाम भैरहवामा सुरक्षा प्रमुखहरु सहितको गोष्ठी चलिरहँदा २५ पुरीकाे हत्या भएकाे हाे ।पुरीको हत्या भएपछि सोमबार दिउँसो देवदह क्षेत्रमा काँग्रेस कार्यकर्ताले विरोधस्वरुप केहीबेर राजमार्ग नै अवरुद्ध गरेका छन् ।

देवदह नगरपालिका वडा नं. ५ का २२ वर्षीय पुरीको स्थानीय भलुही भन्ने स्थानमा ढुंगा तथा लाठी प्रहार गरी अज्ञात समूहबाट हत्या भएको थियो । हत्याको आशंकामा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय बुटवलमा डीएसपी डिल बहादुर मल्लले बताए ।

गृहमन्त्री, प्रहरी प्रमुख, गृह सचिवलगायतका सबै सुरक्षा अधिकारी रुपन्देहीमै आएको बेला नै यो घटना भएको छ । यसैबीच नेपाली काँग्रेसले हत्यामा संलग्नलाई कडा कारवाहीको माग गरेको छ ।

काँग्रेस रुपन्देहीले सोमबार प्रेस विज्ञप्ती जारी गरी हत्या जस्तो जघन्य अपराधप्रति पार्टीको गम्भिर ध्यानाकर्षण भएको भन्दै हत्यामा संलग्न भएका व्यक्तिलाई कडा भन्दा कडा कारवाहीको माग गरेको हो ।

 

प्रकाशित मिति : 16:23