१८ आश्विन २०८१, शुक्रबार | Sat Oct 5 2024

मेगा बैंकका ग्राहकलाई ह्याम्स अस्पतालमा बिलको १० प्रतिशत र औषधी खरिद गर्दा ५ प्रतिशत छुट हुने

२६ फागुन, काठमाडौं  । मेगा बैंक नेपाल लिमिटेडकी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र ह्याम्स अस्पतालका अध्यक्ष आर एस भण्डारीबीच मेगा बैंकको मुख्य कार्यालयमा सम्झौता पत्रमा हस्ताक्षर भएपछि मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुलाई काठमाडौंको मन्डिखाटारमा रहेको ह्याम्स अस्पतालले विशेष छुट दिने भएको छ ।

सम्झौता अनुसार मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरुले ह्याम्स अस्पतालमा कुल बिलको १० प्रतिशतसम्म छुट पाउने सम्झौता पत्रमा उल्लेख छ । यसैगरी, औषधी खरिद गर्दा ५ प्रतिशतसम्म छुट दिने अस्पतालले जनाएको छ । आकस्मिक रुपमा सडक तथा हवाईबाट उद्दार गर्नुपरेमा मेगा बैंकका ग्राहकहरुलाई अस्पतालले प्राथमिकता दिने भएको छ ।

ह्याम्ससँगै मेगा बैंकका ग्राहकहरुलाई काठमाडौँको नर्भिक, ग्राण्डी, स्टार अस्पताल, गोल्डेन, ग्रीनसिटी, उच्चता, बयोदा, चिरायु लगायतका अस्पतालमा छुटका लागि यसअघि नै सम्झौता भइसकेको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आईतवार १४:५८