७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026

सरकार र सीके राउतबीच भएको सहमतिमाथि गरिएको आशंकाप्रति प्रधानमन्त्रीको असन्तुष्टि

२६ फागुन, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र सीके राउतबीच भएको सहमतिमाथि गरिएको आशंकाप्रति असन्तुष्टि जनाएका छन । आइतबार किसान आयोगले काठमाडौंमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले भने ‘पृथकतावाद छाडेर मूलधारमा आउनु र ल्याउन सफलता र सकारात्मक होइन भने के हो ?’ प्रधानमन्त्री ओलीले भने, ‘शंका छ रे ? भन्ने कुरा भनिराखेको छ उसले । फेरि शंका छ रे ? शंका, षड्यन्त्र, धोकामाथि मेरो विश्वास छैन ।’

ओलीले नेपालमा अब पृथकतावादी आन्दोलन समाप्त भएको पनि बताए  सिके राउतले पृथकतावादी आन्दोलन छाडेर सरकारसँग सहमतिमा आउनु सफलता भएको प्रधानमन्त्रीले स्पष्ट पारे । उनले राउत समूहले आफ्ना आग्रह छोडेर मूलधारको राजनीतिमा प्रवेश गर्‍यौं भन्ने घोषणाका साथ सरकारसँग सहमति गरेको बताए । उनले भने, ‘अब कुनै पृथकतावाद छैन, पृथकतावादी आन्दोलन, समूह, संगठन केही छैन नेपालमा ।’

प्रकाशित मिति : 12:21