७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026

सीके राउतसँग सरकारले गरेको सहमति स्वागतयोग्यः सभापति देउवा

२६ फागुन, काठमाडाैँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सीके राउतसँग सरकारले गरेको सहमति स्वागतयोग्य भएको बताएका छन । आइतबार बेनीमा प्रेस युनियनले गरेको पत्रकार भेटघाटमा सभापति देउवाले स्वतन्त्र मधेस गठबन्धनसँग सरकारले गरेको सहमति स्वागतयोग्य भएको बताए ।

पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले पृथकतावादी र विखण्डनकार विचार बोकेका सीक राउत शान्तिपूर्णरुपमा मूलधारको राजनीतिका आउनु सकरात्मक भएको प्रतिक्रिया दिए। सीके रावतलाई मूलधारमा ल्याउने सरकाको कदमको स्वागतगर्दे उनले भने, ‘राष्ट्र विखण्डन बाहेकका विषयमा वार्ता, सहमति गर्नु राम्रो कुरा हो, सरकारको यो प्रयासलाई सकारात्मक मान्नुपर्छ ।’

कांग्रेस सहमति र सहकार्यको राजनीतिलाई सधैं स्वागत गर्ने भन्दै उनले देश टुक्राउने विषय भने आफ्नो पार्टीलाई मान्य नहुने प्रस्ट पारे। यस्तै फरक प्रसंगमा सभापति देउवाले सभापतिमा लड्ने अधिकारी सबैलाई भएको बताए ।  आफूले सभापतिका लागि फेरि चुनाव लड्ने वा नलड्ने बारेमा केही धारणा नबनाएको स्पष्ट पारे।

प्रकाशित मिति : 12:15