१० वर्षीया बालिका बलात्कार गरेकाे आराेपमा एक जना पक्राउ
२६ फागुन, दाङ । दाङमा १० वर्षीया बलात्कार गरेकाे अाराेपमा १३ वर्षीया बालक पक्राउ परेका छन् । घोराही उप–महानगरपालिका–१० चारबगियाका बालक स्थानिय बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय दाङ्गका प्रवक्ता डिएसपी रामप्रसाद घर्ती मगरका अनुसार बालिकाका बुबाले छोरीलाई जवरजस्ती करणी गरेको जाहेरी दिए पछि ती बालकलाई पक्राउ गरी अनुसन्धान थालिएको छ ।
त्यस्तै घोराही–४ की सुरुमा १२ वर्षीया भनिएकी अर्की १४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा रोल्पाको रुन्टीगढी गाउँपालिका–४ का युवराज रानालाई पनि पक्राउ गरी अनुसान्धान अगाडी बढाइएको डिएसपी घर्ती मगरले जानकारी दिए ।
प्रकाशित मिति : March 10, 2019 at 11:31 am









