१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

सरकारले जनताको भोटलाई ख्यालख्याल ठानेकाे छैन: प्रधानमन्त्री ओली

२५ फागुन, रौतहट ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनताको भोटलाई ख्यालख्यालको रुपमा नलिएको बताएका छन् । शनिबार रौतहटको गरुडमा नेकपाकाे आम सभालाई सम्बोधन गर्दै  प्रधानमन्त्री ओलीले सरकारले जनताकाे भाेटकाे उच्च मूल्यांकन गरीरहेकाे बताएका छन् ।

मधेशमा विकासको राजनिति सुरु भएको बताउँदै तराई मधेशमा पृथकतावादी अभियान चलाउँदै आएका व्यक्तिले समेत संविधान मानेर राज्यको मूलधारमा आएको ओलीले बताएका छन् । प्रधानमन्त्री ओलीले सरकार जनताको नै भएको भन्दै सरकारले जनताको भोटको उच्च कदर गर्ने र देशमा व्याप्त भष्ट्राचार तथा अपराध जन्य घटनाको अन्य गर्ने सरकार लागि परेको बताउनु भयो

प्रकाशित मिति : March 9, 2019 at 8:44 pm