४ वर्षभित्र मधेसमा ८० प्रतिशत मत प्राप्त गरेर नेकपा ठूलो पार्टी बन्छ: अध्यक्ष प्रचण्ड
२४ फागुन, रौतहट । नेपाल कम्युनिष्ट पार्टी प्रदेश २ द्धारा रौतहटको गरुडामा आयोजित आमसभालाई सम्बोधन गर्दै नेकपाका अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसमा सरकारको बाँकी ४ वर्षभित्र नेकपाले दुईतिहाई मात्र होइन ८० प्रतिशत मत प्राप्त गरेर ठूलो पार्टी बन्ने दावी गरेका छन् ।

अगामी ४ बर्षभित्र देशको कायापलट हुने र १० बर्षभित्र नयाँ नेपाल बन्ने अध्यक्ष प्रचण्डले विश्वास व्यक्त गरेकाछन् । कम्युनिष्ट पार्टीको माथिल्लो तह यसअघि नै एकीकरण भइसकेको र केही समयभित्रै सम्पूर्ण तल्ला तह एकीकरण हुने उनले बताएका छन् ।
प्रकाशित मिति : 19:03







