१३ असार २०८३, शनिबार | Sat Jun 27 2026

अपहरणको झुठा सूचना दिने पक्राउ

२५ फागुन, धनगढी ।  आफू अपहरणमा परेको भनी घरपरिवारका सदस्यलाई झुठा सूचना दिएको अभियोगमा प्रहरीले धनगढी उपमहानगरपालिका– ५ का जगतबहादुर सिंहलाई शुक्रबार पक्राउ गरेको छ । निजका आफन्तले गराएको जानकारीपछि प्रहरीले गरेको अनुसन्धानका क्रममा निज सिंहले भारतको पञ्जाव गई त्यहींबाट आफू अपहरणमा परेकाले अपहरणमक्त हुन रु १५ लाख माग गरी झुठा सूचना दिएको खुलेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

धनगढीका स्थानीय व्यापारीसँग लिएको ऋणको कर्जावापत अनादर चेक दिनुपरेको र सोही कारण आफू समस्या पर्ने डरले पञ्जाव गई त्यहीँबाट घरपरिवारका सदस्यलाई फोन गरेको निजले प्रहरी समक्ष स्वीकारेका छन् । सेती अञ्चल अस्पतालको खरिदार पदमा कार्यरत सिंहले धनगढीमा आरम्भ फैन्सी नामको पसल समेत सञ्चालन गरेको जनाइएको छ ।

प्रकाशित मिति : March 9, 2019 at 5:41 pm