वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरूङको घरमा भीषण आगलागी
२४ फागुन, काठमाडाैँ । वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरूङको घरमा भीषण आगलागी भएको छ । काठमाडाैँको बसुन्धरास्थित मोर्गन कलेज सँगैको गुरूङको घरमा राति ७ः३० बजे आगलागी भएको हो ।

आगलागी नियन्त्रणका लागि दमकलका साथै प्रहरी र स्थानीय प्रयासरत रहेका छन् । आगलागीपछि ग्यास सिलिन्डरसमेत विस्फोट भएको छ । गुरूङको टप जव म्यानपावर पनि सोही घरमा सञ्चालनमा रहेको थियो । पछिल्लो समय विवादित बनेका गुरूङको घरमा के कति कारणले अागलागी भएको भन्ने बारेमा कारण खुलेको छैन ।
प्रकाशित मिति : March 8, 2019 at 9:06 pm









