१६ पुष २०८२, बुधबार | Wed Dec 31 2025

अपहरणको दुई घण्टापछि नेकपा सांसद मल्ल प्रहरी सम्पर्कमा

२४ फागुन, काठमाडौं । अपहरण भएको दुई घन्टापछि नेकपाकी प्रदेश सांसद देवकी मल्ल थापा अपहरणमुक्त भएकी छन् । प्रदेश ७ को आन्तरिक मामिला मन्त्रालय स्रोतले उनी भर्खरै अपहरण मुक्त भएको जनाएकाे छ । नेत्रविक्रम चन्द विप्लव समूहले अपहरण गरेको भनिएकी सुदूरपश्चिम प्रदेशकी सांसद् देवकी मल्ल थापा केही समयअघि प्रहरीको सम्पर्कमा आएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय, बझाङका प्रहरी प्रमुख प्रवीण धितालसँग सांसद मल्ल सम्पर्कमा आएकी थिइन । केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीले सांसद् मल्लसँग प्रहरीको कुराकानी भएको पुष्टि गरेका छन

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार १७:२८