१६ पुष २०८२, बुधबार | Wed Dec 31 2025

विप्लवका कारण कम्युनिस्ट भन्न पनि लाज भाे: प्रधानमन्त्री ओली

२४ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा विप्लव समूहलाई  लुटेरा समूह राख्न भनेका छन् । सरकार र सीके राउतको स्वतन्त्र मधेस गठबन्धनबीच भएको सहमति घोषणा कार्यक्रममा प्रधानमन्त्री ओलीले नेकपा भन्न पनि बेइजत भएको बताएका छन् । विप्लव समूहको पर्चा पनि आफूले हेरिरहेको उनले बताए । ‘चन्दाका नाउँमा मान्छे लुटेर हिँड्ने, मान्छेको हत्या गरेर हिँड्ने ।

विस्फोट गराएर हिड्ने अनि कम्युनिस्ट पार्टीको नाम लिने ?’ ओलीले भने, ‘कमसेकम कम्युनिस्ट पार्टीको नाम लिन बन्द गर ।´ उनले विप्लव समूहलाई अहिले हिडिरहेको बाटो छाड्न समेत आग्रह गर्दै सरकारले कारबाही गर्ने अाेलीले चेतावनी दिएका छन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार १५:३२