१६ पुष २०८२, बुधबार | Wed Dec 31 2025

प्रधानमन्त्री ओली समक्ष आत्मसमर्पण गर्दै सिके राउत, स्वतन्त्र मधेस गठनबन्धन विघटन

२४ फागुन, काठमाडौँ । स्वतन्त्र मधेसको एजेण्डासहित पृथकतावादी गतिविधि गरिरहेका डा सिके राउतले आत्मसमर्पण गर्ने भएका छन । बिहीवार मात्रै सर्वोच्च अदालतको आदेशमा रिहा भएका सिकेले आज सार्वजनिक मञ्चबाटै आत्मसमर्पण गर्न लागेका हुन । सम्भवतः सिकेको आत्मसमर्पण कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली पनि उपस्थित हुनेछन ।

अपरान्ह १ बजे राष्ट्रियसभागृहबाट प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्दै सिके राउतको पृथकतावादी गतिविधि समाप्त भएको घोषणा गर्ने छन् । सिकेले अब अखण्ड नेपाल स्वीकार गर्ने छन् ।

झण्डै दुइ महिनादेखि सरकारसँग भित्री रूपमा वार्ता गरेका सिकेले आजैबाट पृथकतावादी गतिविधि परित्याग गरेको घोषणा गर्नेछन ।राउतको स्वतन्त्र मधेस गठनबन्धन समेत आजैबाट विघटन हुँदैछ । राउतलाइ पृथकतावादी आन्दोलनबाट मुक्त गर्नु वर्तमान सरकारको एउटा महत्वपूर्ण र एेतिहासिक सफलता हो ।

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार १२:३४