यस कारण एउटै मञ्चमा आउँदैछन् प्रधानमन्त्री ओली र सिके राउत
२४ फागुन, काडमाडाैँ । सर्वोच्चको आदेशपछि हिजो मात्र रिहा भएका सिके राउत र प्रधानमन्त्री केपी शर्मा ओली आज एउटै मञ्चबाट सम्बोधन गर्न लागेका छन्। राष्ट्रिय सभागृहमा हुने भनिएको राउतको पत्रकार सम्मेलनमा प्रधानमन्त्री अोली पनि उपस्थित हुने बताइएको छ । राउत नेतृत्वको मधेश गठबन्धनका प्रवक्ता अब्दुल खानका अनुसार पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओली आउने सम्भावना रहेको बताएका हुन् ।

मधेशमा ओलीमाथि रहेको आक्रोश कम गर्न मधेश गठबन्धनको मञ्चबाट ओलीले सम्बोधन गर्न चाहेको खानले बताए । उनले भने, ‘प्रधानमन्त्री अोलीले पहिलादेखि नै मधेश गठबन्धनसँग कुरा गर्न चाहेका थिए, मधेशमा उहाँमाथि देखिएको आक्रोश कसरी कम हुन्छ त्यसलाई कम गर्न पनि सिके राउतको मञ्चबाट मन्तव्य दिन चाहेको हुनुपर्छ ।’
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालले भने, ‘सिके राउतसँग एउटै मञ्चमा सम्बोधन हुन्छ कि हुँदैन थाह छैन तर प्रधानमन्त्री ओलीले राष्ट्रियसभा गृहमा राष्ट्र महत्वका विषयमा सम्बोधन गर्नुहुन्छ ।’
प्रकाशित मिति : March 8, 2019 at 11:45 am









