मन्त्री अधिकारीसहित सातै जनाका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने प्रधानमन्त्री ओलीकाे घोषणा
२३ फागुन, काठमाडौं । ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीसहित सातै जनाका परिवारलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक आर्थिक सहायता उपलब्ध गराउने घोषणा गरेका छन् ।

बिहीबार मन्त्री अधिकारी र पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको निधनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयले काठमाडौंमा आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रमम बोल्दै अाेलीले लोकतन्त्रको सफल कार्यान्वयन, मुलुकको विकास र समृद्धिको अभियानमा इमान्दार प्रयास गरेका मन्त्री अधिकारी, पूर्व अर्थमन्त्री भरतमोहन अधिकारी, पर्यटन व्यवसायी आङछिरिङ शेर्पालगायतको निधनबाट सिंगो मुलुक मर्माहत भएको उल्लेख गर्दै उनीहरुले अघि बढाएको राष्ट्र निर्माणको बाँकी कामलाई बाँचेकाहरुले पूरा गर्नुपर्ने पनि स्पष्ट पारे ।
प्रकाशित मिति : March 7, 2019 at 7:29 pm







