१३ असार २०८३, शनिबार | Sun Jun 28 2026

किन प्रधानमन्त्री ओली चढेको जहाज २० मिनेट होल्ड भयाे ?

२३ फागुन, काठमाडौँ  । गत फागुन २१ गते मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली झापाबाट काठमाडौं आउँदै गर्दा त्रिभुवन विमानस्थलमा जहाजको चाप रहेको भन्दै काठमाडौं एटिसीले २० मिनेट जहाज होल्ड गरेको थियो।

 प्रधानमन्त्री ओली चढेको जहाज होल्ड भएको विषय छानविन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानबिन समिति गठन गरेको छ । बिहीबार मन्त्रालयले सहसचिवस्तरीय छानबिन समिति गठन गरेको हो। ४ सदस्यीय छानबिन समितिको संयोजकमा मन्त्रालयका सहसचिव सुरेश आचार्य रहेका छन्।

भीभीआइपी फ्लाइट भएको बेला अन्य उडानहरु क्लियर गरेर भीभीआइपी उडानलाई अवतरण गर्न दिने चलन छ। यति एयरलाइन्सको एटिआरजहाज होल्ड भएको थियो। तर प्रधानमन्त्री ओली नै चढेको जहाज २० मिनेट होल्डमा बसेपछि कारण पत्ता लगाउन छानबिन समिति बनाइएको मन्त्रालय स्रोतले जनाएको छ।

प्रकाशित मिति : March 7, 2019 at 4:05 pm