नेपालको पुरै शिक्षा प्रणाली परिवर्तन गर्नसक्छु: अर्पण शर्मा
२३ फागुन, सल्यान । विद्यार्थी तथा शिक्षकहरुलाई प्रशिक्षण दिन सल्यानको थारमारेमा पुगेका अर्पण शर्माले देशको पुरै शिक्षा प्रणाली परिवर्तन गर्ने बताएका छन् । संसारकै तेज दिमाग भएका मेमोरी किङ्ग शर्माले कार्यक्रममा बोल्दै अहिले नेपालको शिक्षा निती र प्रणाली राम्रो नभएको बताएका छन् ।

यहाँ विद्यार्थीहरुलाई पढाउने मात्रै गरिन्छ तर ध्यान गराइदैन्, त्यसरी विद्यार्थीको दिमागनै थाक्नेगरी पढाउन नहुने उनले बताएका छन्।” उनले सरकार व्यस्त भएको कारण यी कुराहरु नसुनेको हुनसक्ने समेत बताएका छन् । शिक्षाको नाममा नेपालमा विद्यार्थीलाई टचर दिइएको उनले शर्माकाे भनाइ छ । उनले विद्यार्थीलाई ध्यान दिने शिक्षा हुनुपर्ने बताएका छन् ।
थारमारेमा रहेको बाबुराजा कम्प्युटर एण्ड इङ्लिस ल्याङगुइज इन्स्टिच्युट प्रा.लिले आयोजना गरेको ३ दिने स्मरण शक्ति अभिबृद्वि प्रशिक्षण कार्यक्रममा उनि सल्यान पुगेका थिए । फागु २० गते पुगेका उनले ३ दिनसम्म करिब ४ सय भन्दा धेरै शिक्षक, विद्यार्थी, बुद्धिजिवीहरु लगाएतलाई प्रशिक्षण दिएका थिए ।
प्रकाशित मिति : March 7, 2019 at 2:22 pm









