१३ असार २०८३, शनिबार | Sun Jun 28 2026

प्रहरीले विप्लवका कार्यकर्तामाथि गोली प्रहार गर्याे, एक घाइते

२३ फागुन, कपिलवस्तु  । कपिलबस्तु शिवराज नगरपालिकामा घर खानतलासी गर्ने क्रममा भागेका विप्लवका कार्यकर्तामाथि प्रहरीले गोली चलाएको छ ।  प्रहरीको गोली लागेर विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता दुर्गाबहादुर रोका घाइते भएका छन् ।

गोली  रोकाकाे  खुट्टामा लागेको छ । उनको लुम्बिनी अञ्चल अस्पाल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रोकाको घरबाट प्रहरीले दुईवटा सर्ट मेशिन गन एसएमजी, ३ थान म्यागजिन र एउटा चाइनिज पेस्तोल बरामद गरेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ

प्रकाशित मिति : March 7, 2019 at 12:00 pm