१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

सांसद चौधरीलाई जन्मकैदको फैसलापछि राजपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

२२ फागुन, काठमाडौँ । राष्ट्रिय जनता पार्टीका सांसद रेशमलाल चौधरीलाई कैलाली अदालतले जन्मकैदको फैसला सुनाए लगत्तै सो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।

अदालतको आदेशपछि  बसेको राजपा केन्द्रीय समितिको आपतकालिन बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हाे ।बैठकपछि राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले जानकारी अब सरकारलाई समर्थन गरिरहनुको औचित्य नरहेकाे बताए ।

अर्का नेता नेता महेन्द्र राय यादबले भने राजपा लोकतान्त्रिक पार्टी भएकाले देशको संविधान, कानुन र न्यायलयको फैसलाको सम्मान गर्ने बताए।

प्रकाशित मिति : March 6, 2019 at 8:11 pm