१६ पुष २०८२, बुधबार | Wed Dec 31 2025

नेकपाका पूर्व सांसद पण्डितको अन्त्येष्टि भोलि, अन्तिम श्रद्धाञ्जलीका लागि यस्तो बन्यो कार्यक्रम

२२ फागुन, काठमाडौँ । नेकपाका नेता तथा पूर्वसांसद गणेश पण्डितको भोलि बहिबार पशुपति अार्यघाटमा अन्त्येष्टि हुने भएको छ । स्वर्गीय पण्डितको अन्त्य्रष्टि अघि अन्तिम श्रद्धाञ्जलीका लागि नेकपाको मुख्यालय धुम्बाराहीमा बिहान ८ बजेदेखि पार्थिव शरिर राखिने नेकपा नुवाकोटका अध्यक्ष समेत रहेका सांसद नारायण खतिवडाले जानकारी दिए ।

७० वर्षीय पण्डितको मंगलबार हृदयाघात भएपछि उपचारका क्रममा  शिक्षण अस्पताल महाराजगञ्जमा दिउँसो २ बजे निधन भएको थियाे ।विसं २०४८ को निर्वाचनमा पण्डित नुवाकोट–२ बाट तत्कालीन नेकपा (एमाले)बाट निर्वाचित थिए । विसं २०५६ को निर्वाचनमा  पण्डित नुवाकोटबाट तत्कालीन नेकपा (एमाले)बाट उम्मेदवार बनेका थिए ।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको केन्द्रीय उपाध्यक्षसमेत रहेका पण्डित २०४२ सालमा बमकाण्डमा गिरफ्तारमा परेका थिए । त्यसपछि पण्डित झण्डै आठ महिना प्रहरी हिरासतमा बसेका थिए ।

तत्कालीन राष्ट्रिय पञ्चायत सदस्यमा समेत पण्डित नुवाकोटबाट उम्मेवार बनेका थिए । काठमाण्डाैकाे बसुन्धरामा बस्दै आएका पण्डितका दुई छोरा, तीन छोरी र श्रीमती छन् । पछिल्लो समय पण्डित पार्टीमा निष्क्रिय थिए ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार १७:४३