आफ्नै ८ वर्षकी छोरी बलात्कार गर्ने बुबा पक्राउ
२२ फागुन, विराटनगर । आफ्नै ८ वर्षकी छोरी बलात्कार गर्ने बुबा पक्राउ परेका छन् । मोरङ कटहरी गाउँपालिका- २ का एक व्यक्तिले गत फागुन १० गते राति घरका सबै सदस्य छिमेकमा जन्मदिन मनाउन गएका बेला घरमै सुतिरहेकी ८ वर्षकी छोरीलाई बलात्कार गरेको प्रहरीले जानकारी दिएकाे छ ।

घटना बाहिरिएपछि भोलिपल्टै बालिकासहित परिवारका सबै सदस्य घर छाडेर भागेका थिए । घरबाट भागेको ९ दिनपछि फर्किएका बेला बालिकाका बुबा पक्राउ परेका हुन् । घटनाको विवरण ढिलो गरी जिल्ला प्रहरी कार्यालयमा पुगेको हो । ११ औं दिनमा बालिकाको घरमा सोधपुछ गर्दा शंकास्पद देखिएपछि बुबालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
घरबाट भागेका उनीहरुले भारत पुगेर बालिकाको उपचार पनि गरेको हुन सक्ने प्रहरीले बताएको छ । बालिकाको मंगलबार नै स्वास्थ्य परीक्षणकालागि पठाइएको प्रहरीले जनाएकाे छ ।
प्रकाशित मिति : March 6, 2019 at 4:30 pm









