प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना
२२ फागुन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली टिचिङ अस्पताल अस्पताल भर्ना भएका छन् । नियमिति चेकजाँचका लागि बुधबार अस्पताल पुगेका ओलीलाई चिकित्सकहरुले भर्ना गर्न सुझाव दिएका थिए ।

प्रधानमन्त्री ओली नियमित चेकजाँचका क्रममा बुधबार बिहान १० बजे अस्पताल गएका र चिकित्सकले बाहिर भन्दा अस्पतालमै बस्दा राम्रो हुने सुझाव दिएपछि भर्ना गरिएको प्रधानमन्त्रीका प्रेश संयोजक चेतन अधिकारीले जानकारी दिएका छन् । कुनै समस्या नरहे पनि नियमित उपचारकै लागि प्रधानमन्त्री ओलीलाई २४ घण्टाका लागि अस्पतालमै राखिएको उपचारमा संलग्न डा. अरुण सायमीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : March 6, 2019 at 1:05 pm









