१२ मंसिर २०८३, शुक्रबार | Fri Nov 27 2026

एनटी फाइबरको माग बढेपछि जडान र आपूर्ति व्यवस्था प्रभावकारी बनाउँदै नेपाल टेलिकम

https://www.muktinathbank.com.np/online/loan-application

११ मंसिर, काठमाडौं । नेपाल टेलिकमले उपलब्ध गराउँदै आएको ‘फाइबर टु द होम’ (एफटीटीएच) प्रविधिमा आधारित एनटी फाइबर सेवाप्रति सेवाग्राहीको माग र आकर्षण निरन्तर बढ्दै गएको छ। एउटै माध्यमबाट उच्च गतिको इन्टरनेट र टेलिफोन सेवा लिन सकिने भएपछि ग्राहकको चाप बढेको कम्पनीले जनाएको हो।

टेलिकमले एक विज्ञप्ति जारी गर्दै सेवाग्राहीको बढ्दो मागअनुसार जडान कार्यलाई थप छिटो र प्रभावकारी बनाउन आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी अघि बढाइएको जानकारी दिएको छ। कतिपय कार्यालयहरूमा नयाँ जडानका लागि मागको चाप उच्च रहेकाले ती स्थानमा व्यवस्थापकीय सुदृढीकरणलाई प्राथमिकताका साथ अघि बढाइएको कम्पनीको भनाइ छ।

बढ्दो मागका कारण उपकरण तथा सामग्रीको आपूर्ति शृङ्खला अवरुद्ध हुन नदिन कम्पनी निरन्तर क्रियाशील रहेको टेलिकमले स्पष्ट पारेको छ। सरकारी स्वामित्वको संस्था भएकाले सार्वजनिक खरिद तथा आपूर्ति व्यवस्थापनका विधिवत प्रक्रिया पूरा गर्दै सेवा प्रवाहलाई निरन्तरता दिइएको विज्ञप्तिमा उल्लेख छ। सेवाग्राहीको सकारात्मक प्रतिक्रिया र विश्वासले सेवा विस्तार तथा गुणस्तर सुधारमा थप ऊर्जा मिलेको जनाउँदै टेलिकमले प्राप्त मागअनुसार सेवा जडान गर्दै जाने र गुणस्तर सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रकाशित मिति : November 27, 2026 at 5:12 pm

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/