१२ मंसिर २०८३, शुक्रबार | Fri Nov 27 2026

नेप्सेका सीईओलाई पूँजीबजार लगानीकर्ता संघका प्रतिनिधीले भेटे, सूचक गणनादेखि कारोबार प्रणाली सुधार्न आग्रह

https://www.muktinathbank.com.np/online/loan-application

११ मंसिर, काठमाडौं । नेपाल पूँजीबजार लगानीकर्ता संघका प्रतिनिधीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रताप सुवेदीलाई भेटेर बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्।भेटका क्रममा संघका प्रतिनिधीले नेपालको पूँजी बजारलाई पारदर्शी, प्रतिस्पर्धी, प्रविधिमैत्री र लगानीकर्तामैत्री बनाउन आवश्यक सुधारका विषयमा ध्यानाकर्षण गराएका छन्। संघले बजारको विश्वसनीयता बढाउने, तरलता विस्तार गर्ने र लगानीकर्ताको विश्वास पुनःस्थापना गर्ने विषयलाई प्राथमिकता दिन आग्रह गरेको छ।

संघले नेप्से परिसूचक गणना प्रणालीलाई वास्तविक कारोबारयोग्य सेयरको अवस्थासमेत प्रतिबिम्बित हुने गरी पुनरावलोकन तथा सुधार गर्न आग्रह गरेको छ । त्यस्तै, अन्तर्राष्ट्रिय स्तरको सुरक्षित र भरपर्दो कारोबार प्रणाली विकास गर्न तथा दोस्रो बजारमा लगानीकर्ताको सहज पहुँच र कारोबार स्वतन्त्रता सुनिश्चित गर्नुपर्ने माग गरेको छ ।

बजारको तरलता र कारोबार विस्तारका लागि आधुनिक वित्तीय उपकरणको विकास तथा संस्थागत लगानीकर्ताको सहभागिता बढाउनुपर्ने संघको सुझाव छ । सेयर राफसाफ तथा भुक्तानी प्रणालीलाई छिटो र प्रभावकारी बनाउनुका साथै बजारको पारदर्शिता, सुशासन र लगानीकर्ता संरक्षणलाई पनि बलियो बनाउनुपर्ने संघको माग छ।

संघले आम लगानीकर्ताको हित संरक्षण, निष्पक्ष मूल्य निर्धारण, कारोबार प्रणालीको विश्वसनीयता र बजारप्रतिको विश्वास पुनर्स्थापना अहिलेका प्रमुख चुनौती रहेको जनाएको छ । नेप्सेको नयाँ नेतृत्वले संस्थागत सुशासन, व्यावसायिक कार्यक्षमता र प्रविधिगत आधुनिकीकरणलाई प्राथमिकता दिने विश्वास व्यक्त गर्दै संघले पूँजीबजारको दिगो विकासका लागि नेप्से तथा नियामक निकायसँग रचनात्मक सहकार्य र नीतिगत समन्वय गर्न तयार रहेको जनाएको छ ।

प्रकाशित मिति : November 27, 2026 at 1:01 pm

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/