१२ मंसिर २०८३, शुक्रबार | Fri Nov 27 2026

नेप्सेमा दुई कम्पनीको सेयरमूल्य समायोजन

https://www.muktinathbank.com.np/online/loan-application

११ मंसिर, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको सेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेमा एनआईसी एशिया बैंक र ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य समायोजन भएको हो। नेप्सेले यस दिन एनआईसी एशिया बैंकको ५० प्रतिशत हकप्रद सेयर र ग्लोबल आइएमई लघुवित्तको ६ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजपश्चात एनआईसी एशियाको सेयरमूल्य २५० रुपैयाँ कायम भएको छ भने ग्लोबल आइएमई लघुवित्तको १ हजार ४८ रुपैयाँ ११ पैसा कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको सेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बिहीबार दोस्रो बजारमा एनआईसी एशियाको सेयर प्रतिकित्ता ३२५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो भने ग्लोबल आइएमई लघुवित्तको सेयर प्रतिकित्ता १ हजार १११ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। यही समायोजित मूल्यलाई आधार मानेर यस दिन दोस्रो बजारमा यी कम्पनीहरुको सेयर कारोबार खुल्नेछ।

प्रकाशित मिति : November 27, 2026 at 9:16 am

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/