१६ पुष २०८२, बुधबार | Wed Dec 31 2025

नुवाकोटका वामपन्थी नेता एवं पूर्व सांसद गणेश पण्डितको ह्दयघातका कारण निधन

२१ फागुन, काठमाडाैँ । नुवाकोटका वामपन्थी नेता एवं पूर्व सांसद गणेश पण्डितको निधन भएको छ । पण्डितको ह्दयघातका कारण निधन भएको हो । ह्दयघात भएपछि त्रिवि शिक्षण अस्पताल लगिएका पण्डितको उपचारका क्रममा निधन भएको हो ।

२०४८ सालको निर्वाचनमा तत्काली नेकपा एमालेबाट सांसद निर्वाचित भएका पण्डित पछि राजनीतिबाट निस्क्रिय बसेका थिए । यद्यपी २०६४ सालबाट उनी तत्कालीन माअोवदीमा सक्रिय भएका थिए । पण्डित अाइतबार मात्रै पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको श्रद्धाञ्जलीसभामा सहभागी हुन धुम्बाराही पुगेका थिए ।

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलवार १५:२१