१६ पुष २०८२, बुधबार | Wed Dec 31 2025

रविन्द्रको सम्झनामा दुबै अनेरास्ववियुले भोलि त्रिवि परिसरमा श्रद्धाञ्जली सभा गर्ने

२१ फागुन, काठमाडौँ । हेलिकप्टर दुर्घटनावाट निधन भएका संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री एवम् अनेरास्ववियूका पुर्व अध्यक्ष रबीन्द्र अधिकारीको सम्झनामा अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी)ले भोलि बुधबार त्रिवि परिसरमा श्रद्धाञ्जलीसभा गर्ने भएको छ ।त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसका पूर्व स्ववियु सभापति समेत रहेका अधिकारीको सम्झनामा संयुक्त रूपमा श्रद्धाञ्जलीसभा आयोजना गरिएको अनेरास्ववियुका महासचिव ऐन महरले जानकारी दिए ।

महरले श्रद्धाञ्जली सभामा विद्यार्थी आन्दोलनको कोणवाट अधिकारीको सम्झना गरिने बताए । त्रि.वि.ब्यवस्थापन भवन अगाडिको खुल्ला प्राङ्गणमा आयोजना गरिने सो कार्यक्रममा स्वर्गीय अधिकारीका समकालीन विद्यार्थी नेताहरुले उनको विविध पक्षमा चर्चा गर्नेछन् । सोही कार्यक्रममा स्व। भरतमोहन अधिकारीप्रति पनि श्रद्धाञ्जली अर्पण गरिने अनेरास्ववियु क्रान्तिकारीका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलवार १४:२४