८ मंसिर २०८३, सोमबार | Mon Nov 23 2026

भारतीय राष्ट्रपतिसँग प्रधानमन्त्री बालेनको भेट

https://www.muktinathbank.com.np/online/loan-application

७ मंसिर, काठमाडौं ।भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहले आज भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गरेका छन् ।

भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा आइतबार भारत पुगेका प्रधानमन्त्री शाहले आज राष्ट्रपति भवन पुगेर राष्ट्रपति मुर्मूसँग भेट गरेका हुन् ।

सो भेटमा अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, भारतका लागि नेपाली राजदूत डा निश्चलनाथ पाण्डे र प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव सुभाष शर्मा सहभागी थिए ।

भेटमा भारतीय पक्षबाट विदेश सचिव विक्रम मिस्री, नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलासहित सरकारी अधिकारीको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : November 23, 2026 at 4:17 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/