शेरबहादुर देउवाको बहुमतविरूद्ध ५६ जिल्लाका कांग्रेस सभापति एकै ठाउँ (विज्ञप्तिसहित)
२१ फागुन, काठमाडाैँ । नेपाली कांग्रेस केन्द्रीय समितिले महासमिति बैठकको भावना विपरीत विधान पास गरेपछि जिल्ला सभापतिहरू असन्तुष्ट बनेका छन । कांग्रेसका ६५ जिल्लाका सभापतिले नेतृत्वले तत्काल गलत निर्णय नसच्याए विशेष महाधिवेशन बोलाउने चेतावनी दिएका छन । महासमिति बैठकका दौरान जिल्ला सभापतिहरुले उठाएको र सभापति शेरबहादुर देउवाले प्रतिबद्धता जनाएको विषय छलेर विधान पारित गरिएकोमा ५६ जिल्लाका सभापतिहरुले आपत्ति जनाएका हुन् ।
केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरु स्वतः महाधिवेशन प्रतिनिधि हुने प्रावधान तत्काल हटाउन माग गर्दै उनीहरुले अन्यथा विशेष महाधिवेशन बोलाउने चेतावनी दिएका छन् । नेपाली कांग्रेस नुवाकोटका सभापति जगदीश्वर नरसिंह केसीले देशभरका महासमिति सदस्य र जिल्ला सभापतिहरुको भावनामाथि खेलबाड भएकोले संयुक्त वक्तव्य जारी गरिएको बताए । उनले सबै जिल्ला सभापतिहरु एजेण्डामा सहमत रहेको समेत दावी गरे ।

जिल्ला सभापतिहरूको विज्ञप्ति यस्तो छ
नेपाली कांग्रेसको २०७५ पुष २९ गते देखि माघ ९ गते सम्म काठमाडौँमा सम्पन्न महासमिति बैठकमा पार्टी सभापति श्री शेर बहादुर देउवा र बरिष्ठ नेता श्री रामचन्द्र पौडेलले अधिकांश महासमिति सदस्यहरुको प्रस्ताव अनुसार विधानमा उल्लेखित स्वतन्त्र
प्रतिनिधि सम्बन्धि प्रावधान हटाउन र समानुपातिक तथा आरक्षण कोटाबाट एकै व्यक्ति लाई दोहोर्याएर अबशर नदिने सम्बन्धि व्यवस्था थप गर्ने सम्बन्धमा एक्यवध्दता जनाउनुभएको थियो ।
यसरी महासमिति बैठक बाट पास भैसकेको बिषयलाई केन्द्रिय कार्यसमितिको पछिल्लो बैठकले उल्टाएको खबरले हामीलाई आश्चर्य चकित तुल्याएको छ । महासमिति भन्दा ठुलो केन्द्रिय कार्य समिति हुन सक्दैन भन्ने कुरालाई पूर्णत: उपेक्षा गरी पार्टी सभापति जस्तो गरिमामय पदको विश्वसनीयता समेत समाप्त गर्ने काममा केहि नेताहरु देखा पर्नु दुर्भाग्यपूर्ण हो ।
उक्त दुई बिषयलाई लिएर पार्टी केन्द्रिय कार्यालयको सचिवालयमा औपचारिक रुपमै दर्ता भएको (द· न·९३) महासमिति सदस्यहरुको हस्ताक्षरलाई वेवास्ता गरी संसोधन प्रस्ताव नै नआएको जस्ता गलत प्रचारबाजीमा उत्रनु अझै हास्यास्पद छ । महासमिति बैठक र यसको निर्णयबाट उत्साहित भएका आम पार्टी सदस्यहरुलाई केन्द्रिय समितिको पछिल्लो निर्णयले निरास बनाएको छ । पार्टी संगठन र पार्टी नेतृत्वको विश्वसनीयतालाई गम्भीर क्षति पुर्याउने उक्त निर्णय माथि शिघ्र पूनर्विचार गर्न जोडदार माग गर्दछौ । अन्यथा बिशेष महाधिवेशनका लागि समेत पहल गर्न बाध्य हुनेछौ ।
जय नेपाल !
प्रदेश नम्बर १
१) लिला देवी बोखिम — ताप्लेजुंग
२) नरेन्द्र कुमार केरुङ्ग — पांचथर
३) हिमालय कर्माचार्य — ईलाम
४) उद्धव थापा — झापा
५) गोविन्द ढुंगाना — तेह्रथुम
६) नन्दमणि राई — भोजपुर
७) नरेश कुमार श्रेष्ठ — खोटांग
८) बिनोद बस्नेत — सोलुखुम्बु
९) राजिब कोइराला — सुनसरी
१0) डिग बहादुर लिम्बु — मोरंग
११) बिदुर बस्नेत — गाईघाट
१२) दिपेन कुमार श्रेष्ठ – संखुवासभा
प्रदेश नम्बर २
१) कृष्ण देव यादव — रौतहट
२) अजय दुवेदी — पर्सा
प्रदेश नम्बर ३
१) उज्जल बराल — सिन्धुली
२) मधु आचार्य — काभ्रे
३) लवश्री न्यौपाने — रामेछाप
४) बिकाश लामा — सिन्धुपाल्चोक
५) जगदीश नरसिंह केसी — नुवाकोट
६) दुर्लभ थापा — भक्तपुर
७) सबुज बानिया — काठमाडौँ
८) पेम्बा क्षिरिङ्ग लामा — रसुवा
९) रमेश धमला — धादिंग
१0) जित नारायण श्रेष्ठ — चितवन
प्रदेश नम्बर ४
१) बैकुण्ठ न्यौपाने — तनहुँ
२) कृष्ण केसी —कास्की
३) खम्ब गर्बुजा —म्याग्दी
४) यङ्गजीङ्ग बिष्ट —मुस्तांग
५) कुमार राणा —स्याङजा
६) बिष्णु प्रसाद लामिछाने —नवलपुर
७) भेष बहादुर पौडेल —लम्जुङ्ग
८) हरि ब घले —गोरखा
प्रदेश नम्बर ५
१) अर्जुन पोखरेल —परासी
२) बिर बहादुर राणा —पाल्पा
३) भुवन श्रेष्ठ —गुल्मी
४) बिष्णु प्रसाद खनाल(मुश्कान) —अर्घाखाची
५) सुरेन्द्र प्रसाद आचार्य —कपिलबस्तु
६) अम्मर प्रसाद भण्डारी — प्युठान
७) अमर सिंह पून —रोल्पा
८) केशर मान रोका —पूर्व रुकुम
९) किरण कोइराला —बाँके
१0) संजय गौतम — बर्दिया
प्रदेश नम्बर ६
१) खड्ग बहादुर शाही — मुगु
२) दिप बहादुर शाही —जुम्ला
३) हर्ष बहादुर बम —कालिकोट
४) कृष्ण कुमार बिसी — दैलेख
५) कमल राज रेग्मी —सुर्खेत
६) प्रेम प्रकाश ओली —पश्चिम रुकुम
७) गणेश बहादुर चन्द —सल्यान
८) दिपक जंग शाही — जाजरकोट
९) जयपति रोकाया —हुम्ला
१0) अंगत बुढा —डोल्पा
प्रदेश नम्बर ७
१) कर्ण बहादुर मल्ल —डडेल्धुरा
२) ललित सिंह बोहरा —दार्चुला
३) नरेन्द्र सिंह थापा —बैतडी
४) हर्क जंग बहादुर सिंह —बझांङ्ग
प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलवार ११:३९












