महुली लघुवित्तले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?
७ मंसिर, काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेकाे छ । संस्थाको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ सम्मको वितरणयोग्य सञ्चित मुनाफाबाट सेयरधनीलाई चुक्तापूँजीको ९.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ०.५० प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभां वितरण गर्ने प्रस्ताव गरेकाे छ ।
संस्थाको २०८३ असार मसान्तसम्म कायम चुक्तापूँजी ३८ करोड ७४ लाख ९४ हजार ८६६ रुपैयाँ ४६ पैसा रहेको छ। सोही पूँजीका आधारमा संस्थाले ३ करोड ६८ लाख १२ हजार १२ रुपैयाँ ३१ पैसा बराबरको बोनस सेयर र १९ लाख ३७ हजार ४७४ रुपैयाँ ३३ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। यसअनुसार संस्थाले बोनस सेयर र नगद लाभांश गरी कुल ३ करोड ८७ लाख ४९ हजार ४८६ रुपैयाँ ६४ पैसा बराबरको लाभांश वितरण गर्नेछ। राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई उक्त लाभांश वितरण गरिने छ ।
प्रकाशित मिति : November 23, 2026 at 9:41 am













