७ मंसिर २०८३, आइतबार | Sun Nov 22 2026

तीन महिनामा अन्तरबैंक कारोबार ५ खर्ब ७९ अर्ब

https://www.muktinathbank.com.np/online/loan-application

६ मंसिर, काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा बैंक तथा वित्तीय संस्थाहरूबीच हुने अन्तरबैंक कारोबारमा उल्लेख्य वृद्धि भएको छ। समीक्षा अवधिमा कुल ५ खर्ब ७९ अर्ब ८८ करोड बराबरको अन्तरबैंक कारोबार भएको हो।

नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा वाणिज्य बैंकहरूबीच ५ खर्ब ४५ अर्ब ७५ करोड रूपैयाँ र अन्य वित्तीय संस्थाहरूबीच (वाणिज्य बैंकहरूबीचको कारोबारबाहेक) ३४ अर्ब १३ करोड रूपैयाँ बराबरको अन्तरबैंक कारोबार भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा कुल २ खर्ब ९५ अर्ब ४३ करोड रूपैयाँको अन्तरबैंक कारोबार भएको थियो। त्यतिबेला वाणिज्य बैंकहरूबीच २४२ अर्ब ७९ करोड रूपैयाँ र अन्य वित्तीय संस्थाहरूबीच ५२ अर्ब ६४ करोड रूपैयाँ बराबरको कारोबार भएको थियो। गत वर्षको तुलनामा चालु आर्थिक वर्षको समीक्षा अवधिमा कुल अन्तरबैंक कारोबार २ खर्ब ८४ अर्ब ४५ करोड अर्थात् करिब ९६.३ प्रतिशतले बढेको छ।

प्रकाशित मिति : November 22, 2026 at 5:43 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/