१४ असार २०८३, आइतबार | Sun Jun 28 2026

तेह्रथुमकी २० वर्षीया सम्झना कार्कीको आगलागीमा जलेर मृत्यु

२१ फागुन, म्याङलुङ । तेह्रथुमको छथरगाउँपालिका–२ हमरजुङकी राममाया कार्कीको घरमा आज बिहान आगलागी हुँदा एक किशोरीको मृत्यु भएको छ । आगलागीबाट कार्कीकी २० वर्षीया छोरी सम्झना कार्कीको जलेर मृत्यु भएको हो । कार्कीको बिहान ६.१५ बजे काठले बनेको दुईतले घरमा आगलागी हुँदा छोरी सम्झनाको घरभित्रै जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नारायण गौतमले जानकारी दिनुभयो ।

आमा राममायालाई स्थानीय स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि थप उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको स्थानीयवासीले बताएका छन् । आगलागी के कारणबाट भयो भनेर अनुसन्धान भइरहेको सूचना अधिकारी गौतमले बताउनुभयो । आगलागीबाट रु १० लाख बराबरको क्षति भएको प्रहरीले अनुमान गरेको छ । रासस

प्रकाशित मिति : March 5, 2019 at 10:04 am