तेह्रथुमकी २० वर्षीया सम्झना कार्कीको आगलागीमा जलेर मृत्यु
२१ फागुन, म्याङलुङ । तेह्रथुमको छथरगाउँपालिका–२ हमरजुङकी राममाया कार्कीको घरमा आज बिहान आगलागी हुँदा एक किशोरीको मृत्यु भएको छ । आगलागीबाट कार्कीकी २० वर्षीया छोरी सम्झना कार्कीको जलेर मृत्यु भएको हो । कार्कीको बिहान ६.१५ बजे काठले बनेको दुईतले घरमा आगलागी हुँदा छोरी सम्झनाको घरभित्रै जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नारायण गौतमले जानकारी दिनुभयो ।

प्रकाशित मिति : March 5, 2019 at 10:04 am









