श्रृजनशील लघुवित्तकाे नाफा २ करोड ५ लाख, यस्ता छन् अन्य सूचकहरु
६ मंसिर, काठमाडाैँ । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकसम्ममा अपरिष्कृत वित्तीय विवरण अनुसार २ करोड ५ लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो । गत आर्थिक वर्षको सोही अवधिमा संस्था १ करोड ९३ लाख ४५ हजार रुपैयाँ खुद नोक्सानीमा रहेको थियो ।
समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी भने घटेको छ । गत वर्षको पहिलो त्रैमासिकसम्ममा ४ करोड २४ लाख २१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाले चालु आर्थिक वर्षको सोही अवधिमा ३ करोड ९३ लाख ३५ हजार रुपैयाँ आम्दानी गरेको छ । संस्थाको ब्याज आम्दानी ८ करोड ३९ लाख ३१ हजार रुपैयाँ पुगेको छ भने ब्याज खर्च ४ करोड ४५ लाख ९५ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै, समीक्षा अवधिमा संस्थाको कुल सञ्चालन आम्दानी ४ करोड ६६ लाख २६ हजार रुपैयाँ रहेको छ । असोज मसान्तसम्म संस्थाको कुल सम्पत्ति ३ अर्ब ३ करोड १८ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कुल सम्पत्ति ३ अर्ब १० करोड ९४ लाख रुपैयाँ थियो ।
संस्थाले ग्राहकबाट संकलन गरेको निक्षेप ९५ करोड ८७ लाख रुपैयाँ पुगेको छ भने कर्जा तथा सापटी लगानी २ अर्ब ७४ करोड ५८ लाख रुपैयाँ रहेको छ । संस्थाको चुक्ता पुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ रहेको छ । जगेडा तथा सञ्चित कोषमा १० करोड ८१ लाख ३७ हजार रुपैयाँ रहेको छ । संस्थाको खराब कर्जा अनुपात १२.९८ प्रतिशत रहेको छ ।
प्रकाशित मिति : November 22, 2026 at 10:12 am













